१९ चैत्र २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सकारात्मकतर्फ जनमत निर्माण गर्नु जरुरी छः पूर्वमन्त्री भूसाल



अ+ अ-

काठमाडौँ । पूर्वमन्त्री पम्फा भुसालले पछिल्लो समयमा नेपाली समाजमा नकारात्मक बढ्दै गएको हुँदा सकारात्मकतर्फ जनमत निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल वैकल्पिक अध्यक्ष समाजद्वारा संयुक्तरुपमा आज आयोजित ‘नेपाली समाजका सन्दर्भमा लेनिनवाद’ विषयक अन्तरक्रियामा उहाँले नेपाली समाजमा सकारात्मकताको धारणा जगाउन जरुरी भएको बताउनुभएको हो ।

“विश्व सूचना प्रविधिको विकासले सबैले उपयोग गर्न पाएका भए पनि पुँजीवाद र सम्राज्यवादीहरू यसको दुरुपयोग गरी नागरिकमा नकारात्मक धारणा उत्पन्न गरिरहका छन्”, पूर्वमन्त्री भूसालले भन्नुभयो, “प्राप्त उपलब्धि रक्षाका लागि समाजमा सकारात्मकता जगाउन जरुरी छ ।” उहाँले समाजवादतर्फ जनमत निर्माण गर्न नेपालमा पनि माओवादीले दशवर्षे सशस्त्र आन्दोलनबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गरेको स्मरण गर्नुभयो ।

नेत्री भुसालले लेलिनले तत्कालीन साम्राज्यवाद र पुँजीवादविरुद्ध क्रान्ति गर्नुभएको स्मरण गर्दै शान्तिपूर्ण तरिकाले राज्यसत्ता एक वर्गबाट अर्को वर्गमा नजाने विचार राख्नुभएको बताउनुभयो ।

राजनीतिज्ञ टङ्क कार्कीले माक्र्सवाद तथा लेनिनवादले राज्यसत्तामा रहने र सर्वहाराबीचको खाडल कम गर्नका लागि श्रमिकलाई साथमा लिएर हिँड्नुपर्ने चेत दिएको बताउनुभयो । उहाँले अहिले पनि पुँजीपति वर्ग र श्रमजीवी वर्गमा खाडल बढ्दै गएको विश्लेषणसमेत गर्नुभएको थियो ।

विश्लेषक सङ्गीत श्रोताले माक्र्सवादसँगै जोडेर लेलिनलाई हेरिनुपर्ने र नेपाली समाजमा आज पनि वर्गीय हिसाबले ठूलो खाडल बन्दै जाँदा लाखौँ युवा विदेशिन बाध्य भएको बताउनुभयो । उहाँले देशमा रोजगारीको अवसर नभएकै कारण युवा विदेशिएका छन् भन्ने कुरा राज्यसत्तामा बस्नेले हेक्का राख्नुपर्ने धारणा राख्नुभयो ।

“नेपाल पछिल्लो पाँच वर्ष हेर्दा नेपाल कम्युनिष्ट पार्टी सत्तामा गयौँ तर ठीकठाक हुँदाहुँदै पनि काम गर्न सकिएन”, उहाँले भन्नुभयो, “आमजनताबाट निराशा प्रकट भएको छ तर समाधान गर्ने राज्यसत्ताको ध्यान छैन, आज गरिखाने गर्वको पार्टी नै छैन ।”

लेनिन बितेको एक सयऔँ स्मृति दिवसका अवसरमा उक्त कार्यक्रम गरिएको थियो । रासस