२६ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

त्रिशुली अपडेटः बोलेरो गाडी भेटियो -फोटो फिचर



अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले नारायणगढ–मुग्लिन सडकखण्डबाट त्रिशुली नदीमा पानी भित्र गएर खोजी गर्दा बोलेरो गाडी भेटेका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डबाट त्रिशुली नदीमा खसेको गाडी बोलेरो (सिंगल क्याविन) भएको खुलेको हो । गोताखोरको टोलीले गाडीमा कुनै पनि मानिस नभेटिएको बताएको छ ।

मंगलबार बिहान करिब पौने पाँच बजेतिर इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुल नजिकबाट गाडी खसेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सूचनापछि लगत्तै नेपाल प्रहरीसँगै उद्धारका लागि सशस्त्र प्रहरीको टोली समेत परिचालन भएको थियो । सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा ७ जना गोताखोरसहित १० जना र नम्बर १७ गण चितवनबाट इन्सपेक्टरको कमाण्डमा १३ जनाको फौज परिचालन भएको थियो ।

गाडी खसेको ठाउँमा भारतीय नम्बर प्लेट समेत फेला परेको छ । नम्बर प्लेट फेला परेअनुसार नदीमा खसेको गाडी भारतीय हुनसक्ने अनुमान गरिएको छ ।

पहिलो चरणको खोजीका क्रममा गाडीभित्र मानिस फेला नपरेको भेटिए पनि पुनः दोस्रो चरणको खोजी गरिने सशस्त्र प्रहरीले जनाएको छ ।