काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा २० नेताहरुले बोलेपछि केही दिनका लागि स्थगित गरेको हो ।
बैठकमा नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने र सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने भएकाले बैठक केही दिन नबस्ने नेता नारायणकाजी श्रेष्ठले बताए ।
अब नेताहरु पूर्व जिम्मेवारी अनुसार जिल्ला जिल्लामा जानेछन् ।