१७ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

व्यावहारिक सीपको विकास गरी उद्यमी बन्न महासङ्घका अध्यक्ष ढकालको सुझाव



अ+ अ-

ढोरपाटन (बागलुङ) ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यार्थीलाई आफूले सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभएको छ ।

आज बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयको ७४औँ वार्षिकोत्सवमा सम्बोधन गर्दैै उहाँले विद्यालयले मुलुकका ठूला र राष्ट्रिय व्यक्तिहरु उत्पादन गरेको बताउनुभयो । उहाँले विद्यालयको शैक्षिकस्तर र भौतिक पूर्वाधार विकासमा सबैको साथ आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सो विद्यालयका पूर्वविद्यार्थीसमेत रहनुभएका अध्यक्ष ढकालले विद्या नै सबैभन्दा ठूलो धन भएकाले यस शाश्वत सत्यलाई बुझेर विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी र सिङ्गो समुदाय शैक्षिक सुधारमा लाग्नुपर्नेमा जोड दिनुभयो । सैद्धान्तिकरुपमा आर्जन गरेको ज्ञान र सीपलाई व्यवहारमा उतारेर व्यावहारिक सीपको विकास गरी उद्यमी बन्न उहाँको  सुझाव थियो ।

अध्यक्ष ढकालले भन्नुभयो, “यो विद्यालयले मुलुकका महत्वपूर्ण भूमिकामा रहेर काम गर्ने जनशक्ति उत्पादन गरेको छ, सबै तहमा रहेकाले अब यस विद्यालयको शैक्षिक र भौतिक विकासका लागि लाग्नुपर्ने भएको छ, अब विद्यार्थीले आर्जन गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारेर सिर्जनशील बन्नुपर्छ र उद्यमी बन्नेतर्फ ध्यान दिन जरुरी छ ।”

गण्डकी प्रदेशसभाका सदस्य कृष्ण पाठकले  विद्यालय पश्चिम नेपालको एक पुरानो र गौरवमय इतिहास बोकेको विद्यालय भएको भन्दै शैक्षिक उन्नयन र विकासका लागि आफू लागिपर्ने बताउनुभयो । शिक्षाको विकास नभई मुलुकको विकास नहुने भएकाले सबै क्षेत्रका विद्यालय र विश्वविद्यालयको विकासमा लाग्नुपर्ने बताउनुभयो ।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले पालिकालाई आगामी वर्ष पूर्णबालबालिकमैत्री घोषणा गर्ने गरी काम भइरहेको बताउनुभयो । सोही अनुसार विद्यालयको शैक्षिक गतिविधि, भौतिक संरचना सुधार भइरहेको उहाँको भनाइ थियो ।

सो अवसरमा विद्यालयका पूर्वप्रधानाध्यापक ईश्वरीप्रसाद ढकाल सम्मानित हुनुभएको थियो । विसं २००७ मा स्थापना भएको थियो । विद्यालयले लामो समयसम्म विभिन्न समस्याका बाबजुद पठनपाठनलाई प्रभावकारी बनाउँदै आएकामा पछिल्लो समय भौतिक संरचना र शैक्षिक गुणस्तर बढ्दै गएको प्रधानाध्यापक तिलक आचार्यले बताउनुभयो । रासस