२५ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

संसारको सबैभन्दा क्रूर तानाशाह, जसले शत्रुको रगत पिउँथे



अ+ अ-

एजेन्सी । संसारमा यस्ता धेरै तानाशाह छन्, जसको कथा आज पनि सुन्न र पढ्न सकिन्छ । आज हामी तपाईलाई संसारको सबैभन्दा क्रूर तानाशाहको बारेमा बताउनेछौं ।

भनिन्छ, यी तानाशाहले आफ्ना शत्रुहरूलाई मारेर उनीहरूको रगत पिउँथे । यी तानाशाहलाई मानिसको मासु खाएको आरोप लगाइएको थियो ताकि उनी सबैको आँखामा डरलाग्दो देखिन सकून् ।

हामी अफ्रिकी देश युगान्डाका तानाशाहको कुरा गर्दैछौं, जसको नाम इदी अमिन थियो । सन् १९२५ मा इदी अमीनको जन्म कुन महिना र मितिमा भएको थियो भन्ने कसैलाई थाहा छैन । इदी अमीन पहिले हेवी वेट बक्सिङ च्याम्पियन थिए । तर, सन् १९७१ मा उनले मिल्टन ओबोटेलाई सत्ताबाट हटाएर सत्ता हातमा लिए । त्यसपछि उनले आठ वर्ष युगान्डामा शासन गरे ।

तानाशाह इदी अमिनले आफ्नो शासनकालमा हजारौं मानिसको हत्या गरेका थिए । उनले आफ्नो आठ वर्षको शासनकालमा करिब ५ लाख मानिसको हत्या गरेको केही मानवअधिकार समूहका प्रतिवेदनले दाबी गरेको छ ।

एक दिन युगाण्डाको शासक तानाशाहले अचानक यस्तो आदेश जारी गरे, जुन युगान्डामा भारतीय मूलका मानिसहरूलाई स्तब्ध बनायो। उनले आफ्नो आदेशमा करिब ८० हजार भारतीय मूलका मानिसले देश छाड्नु पर्ने बताएका थिए ।

यसबाहेक उनले प्रत्येक परिवारलाई दुईवटा सुटकेस र ५० पाउण्ड मात्रै लैजान पाउने अनुमति दिएका थिए । तानाशाहको यो निर्णयले भारतीयमा त्रास पैदा गर्यो । मानिसहरू सबै कुरा छोडेर देश छाडे ।

आठ वर्षको अवधिमा इतिहासमा नभेटिने खालको क्रूरता देखाए । उसलाई मानवताको शत्रु, जन्तु, दानव, मानव भक्षक र अन्य के के भनिन्छ । एक साधारण सेना अधिकारीबाट शक्तिको शिखरमा पुगेका इदी अमिनले क्रूरताका सबै सीमा पार गरिसकेका थिए ।