१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दुई वर्षअगाडि बेपत्ता भएकी महिला समुद्रमा जीवितै भेटिएपछि



अ+ अ-

एजेन्सी । कोलम्बियाकी एक महिला दुई वर्ष अगाडि बेपत्ता भएकी थिइन्। तर बेपत्ता भएको यति लामो समयपछि उनी समुद्रमा जीवित्तै भेटिएकी छिन्।

शनिबार एन्जेलिका जाइतन नाम गरेकी महिला समुद्रमा तैरिरहेको अवस्थामा भेटिएको द सनले जनाएको छ। ४६ वर्षकी एन्जेलिकालाई स्थानीय माझी रोलान्डो भिसबल र उनका साथीले भेट्टाएको बताइएको छ।

प्युर्टो कोलम्बियाको किनारदेखि दुई किलोमिटर टाढा समुद्रको बीचमा एन्जेलिकालाई भेटिएको हो। उनलाई उद्धार गरेको भिडियो यतिबेला भाइरल बनिरहेको छ।

एन्जेलिकाले उद्धार भइसकेपछि ‘म फेरि जन्मिए, भगवानले म मरोस् भन्ने चाहेका रहेनछन्’ भन्ने शब्द उच्चारण गरेको बताइएको छ।

आरसीएन रेडियोसँग उनले आफ्नो कथा पनि खोलिन्। उनले २० वर्षसम्म श्रीमानको दुर्व्यवहार सहेको र पीडा सहन नसकेपछि आफू सन् २०१८ मा घर छाडेर भागेको बताइन्।

श्रीमानले बेस्सरी पिट्दा उनको अनुहारमा ठूलो चोट थियो। श्रीमानले उनलाई मार्नै खोजका थिए। घर छाडेर भागेपछि उनले ६ महिना सडकमै मागेर खाइन्।

उनले आश्रयस्थलमा बास पनि पाइन्। यसरी जीवनमा ठूलो पिडा भोगेपछि आफूलाई बाँच्ने रहर नभएको र समुद्रमा हाम फालेको बताइन्। समुद्रमा हाम फालेको आठ घण्टापछि उनको उद्धार भएको थियो।