![](https://npdemo.kantipurinfotech.com/wp-content/uploads/2024/01/FB_IMG_1705078678534.jpg)
काठमाडौं । नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा १२ यात्रुको मृत्यु भएको छ ।
भे१ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ । सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
घाइतेहरुलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो ।