२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

८ वर्षको उमेरमा घाँटीमा अड्किएको थियो १ रुपैयाँको सिक्का, १३ वर्षपछि चिकित्सकले यसरी निकाले



अ+ अ-

एजेन्सी । भारतको उज्जैनको एक निजी अस्पतालबाट एउटा अचम्मको घटना बाहिर आएको छ । इन्दौर निवासी २१ वर्षीया युवती आफ्नो परिवारसँग उज्जैनको एक निजी अस्पताल पुगिन् ।

जहाँ चिकित्सकको टोलीले उनको घाँटी मुनि आहार नली नजिक १ रुपैयाँको सिक्का अड्किएको देखे । डाक्टरले शल्यक्रिया गरेर हटाउन सुझाव दिए । चिकित्सकको टोलीले सफलतापूर्वक शल्यक्रिया गरी १ रुपैयाँको सिक्का निकाले । अब कुरा अचम्मको छ किनकी १ रुपैयाँको सिक्का कहिले अड्कियो र कसरी निकालियो ।

८ वर्षको उमेरमा बालिकाको घाँटी तलको खाना नलीमा एक रुपैयाँको सिक्का फसेको थियो । १३ वर्षसम्म पीडाबिना जिउने केटी अहिले २१ वर्षको उमेरमा सिक्का निकाल्न आइन्, सबै छक्क परे ।

२१ वर्षीय नाजमीनका बुबा फारुकले आफू इन्दौरमा बस्ने र मजदुरी गर्ने बताए । ‘जब मेरी छोरी नाजमीन ८ वर्षकी गिइन्, उनको आग्रहमा मैले उनलाई चकलेट खानको लागि १ रुपैयाँको सिक्का दिएँ । त्यही क्रममा युवतीले सिक्का मुखमा राखेकी थिइन् र सिक्का घाँटीदेखि खाना नलीसम्म गयो ।’ उनले भने ‘छोरीले उल्टी गरिन् र त्यसपछि उनको अवस्था राम्रो भयो, त्यसैले हामीले सिक्का निस्क्यो कि भन्ने लाग्यो किनभने उनको कहिल्यै दुखाइ महसुस गरेनौं र हामीले पनि १३ वर्षसम्म ध्यान दिएनौं ।’

अब त्यो सिक्का घाँटी मुनिको खाना नलीमा अड्किएको खुलासा भयो । जसको लागि उज्जैनमा शल्यक्रिया गरिएको थियो र शल्यक्रिया पनि सफलतापूर्वक सम्पन्न भएको थियो ।

नाजमिनका बुबा फारुकले बालिकाको तौल लगातार घट्दै गएको बताए । दुई–दुई ठाउँमा एक्स–रे सोनोग्राफी गर्दा घाँटीमुनि खानाको पाइपमा केही पदार्थ अड्किएको भेटियो । त्यतिबेला बुबालाई त्यो घटना याद आयो र तुरुन्तै बालिकाको शल्यक्रिया गराए, जुन उज्जैनमा सफल पनि भयो ।