१९ चैत्र २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेकपा रहेका साइबर स्यालहरु अझै ज्युँदै रहेछन् : नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले नेकपा रहेका साइबर स्यालहरु अझै ज्युँदै रहेको बताएका छन् । बुधवार राजधानीमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले साइबर स्यालहरुले फेक समाचार फैलाएर भेला स्थगित भएको हल्ला फैलाएको आरोप लगाएका हुन् । 

'नेकपा हुँदा थियो भनेको त साइबर स्यालहरु अझै पनि जिँउदै रहेछन्,' नेता नेपालले भने,'साइबर स्यालहरु अझै पनि बाँचिरहेका छन् ।'

नेता नेपाल कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउनका लागि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको बताए । उनले आफूहरूको लडाइँ पदका लागि नभएको पनि दाबी गरेका छन्। 

अहिलेको लडाई पदको लागि नभएको दाबी गर्दै नेता नेपालले यो लडाई सिद्धान्त र निष्ठाको लडाई भएको बताए ।

ओलीले अध्यक्ष भएपछि गुटको काम जारी राखेको भन्दै आफुहरुले बैठक राख्न समेत निवेदन दिनुपर्ने अवस्था सिर्जना गरेको नेपालले बताए ।

उनले भने, 'तपाइँहरु पनि पिडित हामी अनि पिडत, आज पिडित पिडित एक ठाउमा भेला भएका छौं ।'