१७ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कार्यान्वयन गर्न सकिने आयोजना मात्र तयार गर्न सांसदको सुझाव



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सदस्यहरूले आवश्यकता र औतित्यताका आधारमा कार्यान्वयन गर्न सकिने आयोजना मात्र तयार गर्न राष्ट्रिय योजना आयोगलाई सुझाव दिनुभएको छ ।

अर्थसमितिको आजको बैठकमा राष्ट्रिय योजना आयोगबाट प्रस्तुत १६औँ पञ्चवर्षीय योजनाको मस्यौदामाथिको छलफलमा उहाँहरूले १५औँ पञ्चवर्षीय योजनाको समीक्षा गर्दै आगामी कार्ययोजना बनाउन आग्रह गर्नुभयो ।

पूर्वअर्थमन्त्री एवं समिति सदस्य विष्णुप्रसाद पौडेलले योजना छनोट गर्ने भूमिका आयोगलाई हुनुपर्ने धारणा राख्नुभयो । योजना आयोगलाई निर्देशित गर्ने छुट्टै कानुन आवश्यक भएको उहाँले उल्लेख गर्नुभयो ।

सांसद पदम गिरीले १६औँ योजनाको अवधारणाअघि अघिल्लो योजनाको राम्रो समीक्षा गर्न जरुरी रहेको बताउनुभयो । उहाँले मलुकको अर्थतन्त्रको सवलीकरण, आत्मनिर्भर अर्थतन्त्रको विकास, रोजगारी सिर्जनालगायतका विषयलाई प्राथमिकता दिएर योजना बनाइनुपर्ने खाँचो औँल्याउनुभयो ।

सांसद सूर्यबहादुर थापा (क्षेत्री)ले १६औँ योजनाको सोच र लक्ष्य वस्तुपरक र व्यावहारिक हुनुपर्ने धारणा राख्नुभयो । उहाँले लहडमा आयोजना राख्ने र पछि कार्यान्वयनमा समस्या हुने गरेको भन्दै कार्यान्वयनमुखी योजनमा ध्यान दिन आयोगलाई सुझाव दिनुभयो ।

सांसद पूर्णबहादुर तामाङले समयसापेक्ष विकासको आवश्यकता र औचित्यताका आधारमा विकास आयोजना छनौट हुनुपर्ने बताउनुभयो । उहाँले गरिब जनताको स्वास्थ्य उपचारका लागि हरेक प्रदेशमा रु एक अर्ब बजेट विनियोजन गरिनुपर्ने माग गर्नुभयो ।

सांसद नारायणप्रसाद आचार्यले योजना आयोगलाई स्वायत्त निकायको रुपमा काम गर्ने वातावरण बनाइनुपर्ने धारणा राख्नुभयो । सांसद विराजभक्त श्रेष्ठले आवश्यकताको आधार र समय समय सापेक्षताको सिद्धान्तमा आयोगले योजना ल्याउनुपर्ने बताउनुभयो । सांसद विनोद चौधरीले योजना आयोगलाई स्वायत्त बनाइनुपर्ने विचार व्यक्त गर्नुभयो ।

सांसद मुक्ताकुमारी यादवले दिगो लक्ष्य हासिल गर्न धेरै समय नभएकाले सोही अनुकूल आयोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । सांसद गङ्गा कार्कीले साना उद्योगको प्रवर्द्धन, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर योजना तर्जुमान गर्नुपर्ने सुझाव दिनुभयो ।

सांसद मेटमणि चौधरीले रोजगारी सृजना, निर्यात बढाउने र आयात घटाने तथा व्यापार घाटा कम गर्ने र गरिबी निवारणजस्ता कार्यक्रमलाई योजनामा प्राथमिकता दिनु आग्रह गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले विगतका योवजनाको अभ्यासका आधारमा १६औँ योजनाको मस्यौदा बनाईएको भन्दै संक्षिप्त र कार्यान्वयनयोग्य आयोजनालाई प्राथमिकता दिइने उल्लेख गर्नुभयो ।

आयोगले १६औँ योजनामा ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ सोचसहित राजनीतिक, प्रशासनिक, न्यायिक, निजी तथा गैरसरकारी क्षेत्रमा सुशासन कायम गर्नु, स्वास्थ्य, शिक्षा, रोजगकारी, आवास तथा अन्य क्षेत्रमा सामाजिक न्याय स्थापित गर्दै मानवीय जीवन र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्ने उद्देश्य लिइएको छ । रासस