काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम सुन बरामद गरेको छ ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार शनिबार फ्लाई दुबईबाट आएकी एकजना यात्रुको साथमा उक्त परिमाणको सुन बरामद भएको हो । पक्राउ पर्नेमा श्रीलंकाली नागरिक कन्थीमाथी काभास्कार रहेकी छन् ।
उनी दुबईबाट सुन लिएर राति १२ः५ बजे विमानस्थल आइपुगेको र १ बजे पक्राउ परेकी हुन् । ती महिलाले सुन आफ्ना भित्री बस्त्रमा लुकाएर ल्याएको पाइएको छ । प्रहरीले उक्त घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।