१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भारतीय बिदेश मन्त्री आज आउँदै, आजै राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्ने



अ+ अ-

काठमाडौँ । भारतीय बिदेश मन्त्री एस जयशंकर आज नेपाल आउँदैछन । उनले आजै राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग र प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम रहेको छ ।

साथै उनले भोलिसम्मको आफ्नो दुई दिने भ्रमणका क्रममा यहाँका विभिन्न राजनीतिक दलका नेताहरुसँग पनि भेट गर्ने कायक्रम रहेको छ । आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा अवतरण हुने बिदेशमन्त्री जयशंकरको पहिलो भेट शीतल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहान ११ बजे हुने भेटघाट कार्यतालिकामा उल्लेख गरिएको छ ।

त्यसपछि उनले अपरान्ह १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटबार्ता गर्नेछन भने १ बजे होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउँदसँग द्विपक्षीय भेटबार्ता गर्नेछन ।

त्यसलगत्तै आजै १ः१५ बजेबाट मन्त्रीस्तरिय बैठक सुरु हुनेछ भने १ः४५ बजे बिभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । त्यसपछि उनले आज र भोलि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीसँग भेट गर्ने कार्यक्रम छ । राजनीतिक दलका नेताहरु कोसँग कतिबेला भेट्ने भन्ने विषयको कार्यतालिका भने सार्वजनिक गरिएको छैन । सम्झौता पछि बिदेश मन्त्री जयशंकरले ३ः४५ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग र ४ः३० बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटबार्ता हुने जनाइएको छ ।

साँझ ६ः१५ देखि सोल्टी होटलमा बिदेश मन्त्री जयशंकरको सम्मानमा आयोजना रात्रि भोजमा सहभागी हुने जनाइएको छ । २ दिने नेपाल भ्रमणमा आउने बिदेश मन्त्री जयशंकर भोलि स्वदेश फर्कनेछन ।