१८ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपाल उद्योग परिसङ्घ र अमेरिकन चेम्बर अफ कमर्शबीच समझदारी



अ+ अ-

काठमाडौँ : नेपाल उद्योग परिसङ्घ (सिएनआई) र अमेरिकन चेम्बर अफ कमर्श (एमच्याम) बीच लगानी अभिवृद्धि तथा नेपाल र अमेरिकाबीच व्यावसायिक वातावरण सुदृढबनाउन सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल उद्योग परिसङ्घको कार्यलयमा आज आयोजित कार्यक्रममा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल र अमेरिकन चेम्बर अफ कमर्शका अध्यक्ष निर्मलकाजी श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

परिसङ्घका अध्यक्ष अग्रवालले यस सहकार्यले नेपाल र अमेरिकालाई व्यावसायिक रुपमा जोड्न पुलको काम गर्ने बताउनुभयो । उहाँले उक्त सहकार्यले ज्ञान सीपको आदानप्रदान, नवप्रवर्तन तथा नयाँ सहकार्यका बाटोहरु खुला गर्ने, विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न, विदेशी लगानी आकर्षित गर्न, औद्योगिक विकासका लागि योगदान गर्न मद्दत गर्ने उल्लेख गर्नुभयो ।

अमेरिकन चेम्बरका अध्यक्ष श्रेष्ठले उद्योगीको साझा संस्था परिसङ्घसँगको सहकार्यले अमेरिकी लगानी अभिवृद्धि गर्दै मुलुकको अर्थतन्त्रको विकासका लागि प्रभावकारी रुपमा काम गर्ने बताउनुभयो । समझदारीमा दुई संस्थाले नेपाल र अमेरिकाका उद्यमीबीच सम्पर्क विन्दुका रूपमा काम गर्ने, नेपालमा लगानी गर्न इच्छुक अमेरिकी लगानीकर्तालाई लगानीसम्बन्धी जानकारी दिने, पारस्परिक उद्देश्य पूरा गर्न नीतिगत सुधारको वकालत गर्ने गतिविधिमा सहकार्य गर्ने, नेपालमा अमेरिकी लगानी बढाउन रणनीतिक गतिविधि सञ्चालन गर्नेछन् ।

साथै बजारमा आधारित वित्तीय र गैरवित्तीय सेवामा पहुँच वृद्धि गर्दै प्रविधिका क्षेत्रका लागि लगानी र व्यवसाय वातावरण सुधारमा काम गर्ने समझदारीपत्रमा उल्लेख छ । सो अवसरमा परिसङ्घका उपाध्यक्ष अमित मोर, पदाधिकारी सदस्य सन्दीप सारडा, अमेरिकन चेम्बर अफ कमर्शका पदाधिकारीको सहभागिता थियो ।रासस