२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

इटालीको सबैभन्दा सुन्दर र श्रापित टापु, जसले हरेक मालिकको वंश नै नाश गरायो



अ+ अ-

एजेन्सी । संसारमा धेरै सुन्दर पर्यटकीय स्थलहरू छन् । यी स्वर्गभन्दा कम लाग्दैनन्, तर तीमध्ये धेरै रहस्यमय पनि छन् । इटाली आफ्नो सुन्दर र उत्कृष्ट पर्यटकीय गन्तव्यका लागि विश्वभर परिचित छ ।

यहाँ एउटा टापु छ, जुन सुन्दर र रहस्यमय पनि छ । यस टापुको नाम ‘गयोला’ हो जसलाई श्रापित टापु भनिन्छ । भनिन्छ कि यो टापु किन्ने व्यक्तिको मृत्यु हुन्छ वा उसको परिवार पूर्ण रूपमा नष्ट हुन्छ ।

यो सुन्दर र रहस्यमय टापु इटालीको नेपल्सको खाडीमा अवस्थित छ । यो टापु किन्ने व्यक्तिको जीवन ध्वस्त भयो । यसबाट यसको भयावहताको कल्पना गर्न सकिन्छ । यो टापु यति सुन्दर छ कि यसलाई देखेर जो कोही पनि आकर्षित हुन सक्छन् । यो सुन्दर टापु हेर्न हरेक वर्ष हजारौं पर्यटक यहाँ आउने गर्छन् तर डरका कारण यहाँबाट अँध्यारो हुनुअघि नै फर्किन्छन् ।

‘गयोला’ टापुको श्रापको कारण निकै डरलाग्दो छ । गायोला टापुको खरिदकर्ताको मृत्यु हुन्छ वा उसको व्यवसाय पूर्ण रूपमा नष्ट हुन्छ । लगातारका यस्ता घटनाका कारण मानिसहरूले यस टापुलाई श्रापित भन्न थाले । राती यो टापुमा जान कोही हिम्मत गर्दैनन् ।

१७ औं शताब्दीमा टापुमा थुप्रै रोमन कारखानाहरू थिए । पछि यो टापु नेपल्सको खाडीको सुरक्षाको लागि प्रयोग हुन थाल्यो । १९ औं शताब्दीको प्रारम्भमा, यस टापुमा एक पुजारी बस्थे, जसले माछा मार्नेहरूलाई मद्दत गर्थे । पुजारीलाई जादूगर पनि भनिन्थ्यो ।

सन् १८७१ मा माछा मार्ने कम्पनीका मालिक लुइगी नेग्रीले यो टापु किनेर यहाँ बंगला बनाएका थिए । यसपछि लुइगी नेग्रीको कम्पनी ध्वस्त भयो । २० औं शताब्दीमा, यस टापुको स्वामित्व विभिन्न मानिसहरूसँग रह्यो । गयोलाका मालिकहरूले धेरै समस्याको सामना गर्नुपरेको थियो । त्यसपछि यस टापुलाई श्रापित भनिन थाल्यो ।

सन् १९२० को दशकमा टापुका मालिक ह्यान्स ब्राउनको शंकास्पद परिस्थितिमा मृत्यु भएको बताइएको छ । उनको शव कार्पेटमा बेरिएको अवस्थामा फेला परेको थियो । त्यसको केही समयपछि उनकी श्रीमतीको समुद्रमा डुबेर मृत्यु भयो । त्यसैगरी विभिन्न कारणले यस टापुका सबै मालिकको मृत्यु भएको थियो ।