१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कखुराको मासुको मूल्य बढ्यो



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । कुखुराको उत्पादन घटेपछि मासुको मूल्य बढेको छ । गत माघ १६ गते काठमाडौंको तारकेश्वर नगरपालिकामा टर्की र हाँसमा बर्ड फ्लुको संक्रमण देखिएपछि प्रतिकिलो ३ सय ७० रुपैयाँबाट घटेर ३ सय ४० रुपैयाँ पुगेको कुखुुराको मासुको मूल्य त्यसयता पटकपटक बढ्दै अहिले प्रतिकिलो ३ सय ९० रुपैयाँ पुगेको छ । मासु व्यवसायी संघले ३ सय ९० रुपैयाँ तोकेको भए पनि बजारमा व्यापारीहरूले प्रतिकिलो ४ सय रुपैयाँसम्म लिने गरेको पाइएको छ ।

अहिले कुखराको उत्पादन घट्नुका साथै कुखुरालाई खुवाइने दानाको मूल्यसमेत बढेकाले मासुको मूल्य बढेको बताइएको छ । मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर विसिले मासुको मूल्य बढ्नुमा कुखुराको उत्पादन घट्नु नै प्रमुख कारण भएको बताए । उनका अनुसार हाल कखुराको उत्पादन ४० प्रतिशतले घटेको छ ।

बन्दाबन्दीका समयमा नेपाली कुखुरा व्यवसायीले विदेशबाट माउ (प्यारेन्ट) चल्लाको आयात गर्न नसक्दा चल्ला उत्पादन घटेकाले तयारी कुखुराको उत्पादनसमेत घट्न गएको हो । ‘यसले नेपाली मासु बजारमा करीब ६ महिनासम्म असर गर्ने छ,’ उनले आर्थिक अभियान दैनिकसँग भने । नेपालमा दैनिक ५ लाख किलो मासुको माग हुन्छ । काठमाडौं उपत्यकामा मात्र साढे २ देखि ३ लाख किलो मासुको खपत हुने गर्छ । तर, मासुको उत्पादन भने ४० प्रतिशतसम्म घटेको बताइएको छ ।

उत्पादन घटेर चल्लाको अभाव बढ्दै गएपछि बोइलर चल्लाको मूल्यसमेत बढेको छ । प्रतिचल्ला ७० रुपैयाँबाट ९५ रुपैयाँ सम्म पर्न थालेको छ । त्यसैगरी प्रतिचल्ला १ सय ४० रुपैयाँ पर्ने लेर्यस चल्लाको मूल्य अहिले १ सय ७० रुपैयाँ पुगेको छ । आर्थिक अभियान दैनिकमा छ ।