पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले जनसंख्याका आधारमा नभै समानुपातिक तथा समावेशी सिद्धान्तका आधारमा सबै क्षेत्रमा प्रतिनिधित्व हुनु पर्ने माग गर्नुभएको छ ।
नेपाल मुस्लिम सङ्घ गण्डकी प्रदेशको दोस्रो प्रदेशस्तरीय मुस्लिम भेला तथा सम्मान कार्यक्रमलाई सनिबार पोखरामा सम्बोधन गर्दे नेता सत्तारले यस्तो माग गर्नुभएको हो ।
उहाँले भन्नुभयो ‘जनसंख्यालाई आधार बनाउदा सात मध्ये ५ प्रदेश र राष्ट्रिय शभा मुस्लिम समुदाय बिहिन बनेको छ । यो बिभेद स्वीकार्य छैन ।’
उहाँले भन्नुभयो ‘-राजनीतिक रुपमा पनि प्रतिनिधित्व हुन सकेन भने कानूनको अभाबका प्रशासनिक रुपमा पनि मुस्लिम समुदाय अबसर बाट बञ्चित भएको छ । सबिधानले तोकेको क्लष्टरका आधारमा लोक सेबा आयोगको बिज्ञापनमा सहभागी हुन पाउनु पर्ने माग गर्दे उहाँले कानून अभाबको आधार देखाउदै आज पनि बिभेद भएको जनाउनु भयो ।
उहाँले भन्नुभयो ‘लोकेसेवा आयोगले मागेको बिज्ञापनमा आवेदन गर्न पनि कठिनाई उत्पन्न भएको छ ।’ उहाँले भन्नुभयो -सबिधानमा मुस्लिम समुदाय शब्द राख्न नै सर्घष गर्नुपर्यो, तर ऐन – कानूनको अभाब देखाउदै बिभिन्न अबसरबाट बञ्चित गर्ने कुरा स्वीकार्य छैन ।
नेता सत्तारले भन्नुभयो आगामी महासमितिको बैठकबाट बिधान शंशोधन हुदा यस्ता कुरामा ध्यान दिनु पर्दछ । मुस्लिम बिनाको सबिधान र काग्रेस पूर्ण हुन सक्दैन । पार्टीका हरेक तहमा कम्तिमा पनि एक जनाको प्रतिनिधित्व हुनु पर्ने उल्लेख गरेपनि कार्यन्वयन नभएको भन्दै उहाँले महासमितिको बैठक बाट यो बिषयलाई प्रष्ट पार्नुपर्ने माग गर्नुभयो ।
नेपाल मुस्लिम सङ्घ गण्डकी प्रदेशका अध्यक्ष हाजशाह महम्मदको अध्यक्षातामा भएको उक्त भेलामा विसं २०७९ को एसइईमा उत्कृष्ट अङ्क ल्याउने मुस्लिम समुदायका छात्रछात्रा र समितिमा योगदान पुर्याउने सदस्यलाई सम्मान गरिएको थियो ।