![](https://npdemo.kantipurinfotech.com/wp-content/uploads/2023/12/FINAL.00_12_08_09.Still019.jpg)
ललितपुर । ललितपुरमा च्याउ मेला तथा परिकार महोत्सव शुरु भएको छ ।
च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा आईतवारबाट ललितपुरको जावलाखेल खेलमैदानमा मेला शुरु भएको हो । ‘च्याउ किसानहरूको जागरुपता, व्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ मेला सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
मेलाको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्नुभयो । मेलामा च्याउसँग सम्बन्धित ३० वटा स्टल रहेका छन् ।