१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

जलवायु परिवर्तनको असरः हिमालमा घट्न थाले हिउँ



अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ वैज्ञानिक डा।मदनलाल श्रेष्ठ विश्वमा तापक्रम बढ्दै गएको बताउँछन् । सन् १८५०–१९०० को तापक्रम वृद्धिको मापदण्डअनुसार विश्वव्यापी रूपमै सन् २०२० एक तातो वर्ष बनेको विश्व मौसम सङ्गठनले जनाएको छ । पहिलेको तापक्रम बढोत्तरीका आधारमा अन्य वर्षभन्दा यस वर्ष विभिन्न भूभागमा गरेर ०.१ देखि १.२ डिग्री सेन्टिग्रेडसम्म तापक्रम वृद्धि भएको अनुमान गरिएको छ ।

समुद्रको जलवाष्प नउडेसम्म पानी पर्दैन, पानी नपरे विश्व जलवायुमा सीधै असर पर्छ । यसकारण मौसममा परिवर्तन आएर मानव जीवन प्रभावित हुने जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेल बताउँछिन् । कँडेलले भनिन्, “विश्वको जलवायु परिवर्तन र प्रदूषणका कारण ओजन तहको विनाश, हिमालमा हिउँको कमी, समुद्री सतहको वृद्धिजस्ता प्रत्यक्ष असर परेको छ ।”

पछिल्लो मौसमी चक्रले नेपालसहित विश्वकै मौसम र जलवायुमा परिवर्तन आइरहेको मौसमविद् कँडेल औँल्याउँछिन् । मौसम परिवर्तन भन्नाले छोटो समयको वातावरणीय अवस्थालाई बुझिन्छ । जलवायु परिवर्तन भन्नाले १० वर्षदेखि माथिको मौसमी परिवर्तनलाई बुझाउँछ ।

उनका अनुसार नेपालको मौसम तथा जलवायु परिवर्तनमा विगतभन्दा अत्यधिक परिवर्तन आएको छ । पहिले सिमसिमे पानी लगातार परेर चिसो र आर्द्रता लामो समय सतहका रहन्थ्यो तर अचेल कहिले भारी वर्षा हुने, कहिले खडेरी नै लाग्ने हुन थालेको छ । यस्ता अतिवृष्टि, अनावृष्टिले बाढी, पहिरो, चट्याङ, हावाहुरीजस्ता प्राकृतिक विपत्तिको बढोत्तरी नेपालमा भएको छ । नेपालको जलवायु प्रवृत्ति विश्लेषण १९७१ देखि २०१४ नामक प्रतिवेदनअनुसार त्यो ४४ वर्षको मौसम फेरबदलको प्रवृत्ति हेर्दा प्रतिवर्ष ०.०५६ डिग्री सेल्सियस अधिकतम र ०.००२ डिग्री सेल्सियस न्यूनतमका दरले तापक्रम वृद्धि भइरहेको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

उनका अनुसार विगत पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्दा नेपालको जलवायु र मौसममा पानी पर्ने, चिसो बढ्ने र गर्मी हुने क्रममा धेरै परिवर्तन आएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।