२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

७० वर्षीया महिलाले जुम्ल्याहा बच्चा जन्माइन्



अ+ अ-

एजेन्सी । युगान्डाको कम्पालामा एउटा अचम्मको घटना बाहिर आएको छ । मानिसहरु आफ्नो शारीरिक फिटनेसमा मात्र ध्यान दिने उमेरमा एक महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । तर, उनले आईभीएफको सहयोगमा बच्चा जन्माएकी हुन् ।

ती वृद्ध महिला ७० वर्षकी रहेकी छन् । उनको नाम सफिना नामुकवाया हो । यो घटनाको बारेमा थाहा पाउने बित्तिकै मानिसहरू स्तब्ध भए । अस्पतालमा शल्यक्रिया गरेर बालकको जन्म भएको हो ।

सफिना नामुक्वेया आईभीएफमार्फत गर्भवती भइन् । उनी स्वस्थ बच्चा जन्माउने अफ्रिकाको सबैभन्दा वृद्ध महिला मध्ये एक बनेकी छिन् । अहिले उनी मिडियामा निकै चर्चामा छिन् । सफिनाले टेस्ट ट्युब बेबी प्रविधिबाट यी जुम्ल्याहा छोरा र छोरीलाई जन्म दिएकी हुन् । यो चिकित्सा विज्ञानको चमत्कार नभएर मानिसको जीवन जिउने साहस र शक्तिको उदाहरण भएको अस्पतालले जनाएको छ ।

सफिनाका लागि यी क्षणहरू चमत्कारभन्दा कम छैनन् र अस्पतालले पनि सफिनाको साहसको प्रशंसा गरेको छ । डा. एडवर्ड तामाले सालीले सफिनाका लागि टेस्ट ट्युब बेबी प्रविधि प्रयोग गरेको बताए, जसमा डोनरको अण्डा र सफिनाको पार्टनरको शुक्रकीटबाट बच्चा बनाइएको थियो ।

बच्चाहरू अलि चाँडो अर्थात् ३१ हप्तामा जन्मेका थिए, तर डाक्टरले भने कि उनीहरू अहिले ठीक छन् र इन्क्युबेटरमा हेरचाह भइरहेको छ । युगाण्डाको एक पत्रिकालाई दिएको अन्तर्वार्तामा सफिनाले दुई बच्चा आफ्नो घरमा आउँदै गरेको थाहा पाएपछि कसरी उनको पार्टनरले उनलाई एक्लै छोडेको बताइन् । उनले दुःखी हुँदै भनिन्, ‘पुरुषलाई आफ्नी श्रीमतीले एकभन्दा बढी बच्चा जन्माएको मन पर्दैन । म अस्पताल आएदेखि उहाँ मलाई भेट्न आउनुभएको छैन ।’

सफिनाको कथाले देखाउँछ कि जीवनमा खुशीसँगै कठिनाइ पनि आउँछ तर हिम्मत हार्नुहुँदैन ।