
एजेन्सी । बढ्दो वायु प्रदुषणको स्तरलाई ध्यानमा राख्दै दिल्लीमा फेरि एकपटक सवारी साधन र निर्माण गतिविधिहरूमा प्रतिवन्ध लगाइएको छ ।
शनिवारबाट लागू हुनेगरी प्रदेशका वातावरणमन्त्री गोपाल राईले राजधानीको वायु गुणस्तर सूचक (एक्यूआई) ‘गम्भीर’ श्रेणीमा परेकाले यातायात र निर्माण गतिविधिमा प्रतिवन्ध लगाइएको बताउनु भयो ।
संघीय सरकारको वायु गुणस्तर व्यवस्थापन आयोगले दिल्ली र यसको वरपरको राष्ट्रिय राजधानी क्षेत्रमा एक्युआई बिग्रँदै गएको बीचमा गैर–आवश्यक निर्माण कार्य, पेट्रोल र डिजेल चारपाङ्ग्रे सवारी साधनहरू चलाउन प्रतिवन्ध लगाइएको छ ।