१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

महाकाली नदीः एकलौटी रुपमा तटबन्ध निर्माण गर्दैै भारत



अ+ अ-

काठमाडौं । सीमा नदीमा तटबन्ध बनाउँदा दुवै देशको सहमति लिनुपर्नेमा भारतले सहमतिबिनै तटबन्ध निर्माण गरिरहेको छ । भारतले गत पुसदेखि महाकाली नदीमा आफ्नोपट्टि बाँध निर्माण गरिरहेको हो ।

२०७० सालमा भारतले २ सय ८० मेगावाट विद्युत उत्पादन हुने धौलीगंगा बाँधको ढोका खोल्दा महाकाली नदीमा पानीको बहाव उच्च भइ नेपालतर्फका १ सय ४७ घर बगेका थिए । नेपालको १ हजार ५७ रोपनी जमिन बगेको थियो । उतिबेला नदीले धार परिवर्तन गर्दा नेपालको ३५ हेक्टर जमिन भारततर्फ गएको छ । अहिले भारतले उतिबेला बगरमा परिणत भएको जमिनमा तटबन्ध निर्माण गरिरहेको छ ।

आगामी दिनसमेत नदीमा पानीको बहाव बढेमा नेपालका गल्फै, नमस्कार, उकु, बाँकु, लाली, धामदत्तु लगायत गाउँबस्ती जोखिममा रहनेछन् भने हजारौँ हेक्टर उर्वर भूमि बग्ने निश्चित देखिन्छ । जबकि २०७० सालमा दार्चुलामा बाढी गएको बेला नेपालले तटबन्ध निर्माण गर्न दार्चुलाका सीडीओ र भारततर्फका जिल्ला अधिकारी (डीएम) का साथै प्राविधिक टिमसँग सहमति भएको थियो । त्यतिमात्रै नभइ नेपाल भारतको उच्चस्तरीय टोली ज्वाइन्ट स्टान्डिङ टेक्निकल कमिटीबीच समेत सहमति भएको थियो । राजधानी दैनिकमा समाचार छ ।