१८ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राष्ट्रिय खाद्य बैंक द्वारा लोकन्थलीमा ‘रैथाने खाद्यान्न मार्ट’ सञ्चालन



अ+ अ-

काठमाण्डौ । राष्ट्रिय खाद्य बैंक लिमिटेडद्वारा सञ्चालित एकमात्र रैथाने विविध खाद्यान्न स्टोर ‘आर.के.बि.मार्ट’ थप व्यवस्थित गरि मध्यपुर थिमि नगरपालिका वडा नं १ स्थित, आँखा अस्पताल नजिक दिव्यश्वरी प्लानिङ्ग लोकन्थली (लौहकिल्थली), भक्तपुरमा शुरु गरिएको छ ।

यसअघि जडिबुटी तरकारी बजार पारी झोलुंगे पुल नजिकै रहेको सो मार्ट आइतबारदेखि नयाँ व्यवस्थापनका साथ दिव्यश्वरी प्लानिङ्गको सार्वजनिक वाटिका (पार्क) अगाडि स्थापना गरिएको हो ।

सो मार्टमा देशभरी रैथाने प्रविधि, वीऊवीजन र प्रांगारिक मलको प्रयोग गरि खेती गरेर उत्पादित विशुद्ध प्रांगारिक र रैथाने खाद्यवस्तु मात्रै विक्री वितरण हुने सो बैंकका प्रवन्ध निर्देशक रामशरण देउजाले बताए । मार्ट हरेक दिन विहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुँदै आएको छ ।

दैनिकरुपमा हरेक घरको भान्छामा प्रयोग हुने चामलदेखि दाल, गेडागुडी, तेल, घिउलगायत खाद्यान्न खाद्य बैंकले नेपालका विभिन्न ठाउँमा उत्पादनको साथै संकलन गरेर ल्याउने गरेको बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले बताए ।

‘खाद्य बैंकले लोकन्थलीमा सञ्चालन गरेको मार्टमा विक्री गरिने खाद्यान्न शतप्रतिशत रैथाने र प्रांगारिक हुन्छ’—शुद्धताको ठोकुवा गर्दै कार्यकारी अध्यक्ष उप्रेतीले भने ।

विभिन्न विषादि र मल प्रयोग गरि उत्पादन गरि विक्री वितरण गरिएका खाद्यान्नबाट प्रायजसो उपभोक्तामा मुटु, क्यान्सर, मिर्गाैलालगायत रोगको संक्रमण बढ्न थालेपछि खाद्य बैंकले आम उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै विशुद्ध प्रांगारिक र रैथाले खाद्यान्नको उत्पादन र सरल बजारीकरणमा जोड दिँदै आएको प्रवन्ध निर्देशक देउजाले बताए ।

मार्टमा आउने ग्राहकको चाहना र माग बमोजिम बैंकले आगामी दिनमा राजधानीका अरु ठाउँमा पनि मार्टको शाखा विस्तार गरिने पनि उनले बताए ।