१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

रूसद्वारा युक्रेनमा व्यापक हवाइ आक्रमण



अ+ अ-

कीएभ । युक्रेनी राजधानी कीएभ तथा देशका अन्य स्थानहरूमा रूसी सेनाले बिहीबार रातभरि हवाई आक्रमण तथा दर्जनौं इरानी प्रविधि प्रयोग गरिएका ड्रोनहरू खसालेको युक्रेनले जनाएको छ ।

“रूसी सेनाले तीन तिरबाट विभिन्न प्रकारका हवाइ अस्त्रद्वारा आक्रमण गरी कब्जा गरिएको क्रिमिया, प्रिमोस्र्को यक्रेनी वायु सेनाले टेलिग्राम मार्फत जनाएको छ ।

टेलिग्रामले कुनै पनि विनासको रिपोर्ट नगरी ३५ मध्ये ३४ ड्रोनलाई खसालेको मात्र उल्लेख गरेको छ ।

युक्रेनमा पछिल्लो समय दिनहु जस्तो ड्रोन आक्रमण भएका छन् । कीएभले आफ्नो युरोपेली र अमेरिकी सहयोगीहरूबाट प्राप्त हतियारहरूसहित आफ्नो वायु रक्षा प्रणालीलाई बलियो बनाएको छ ।

पछिल्लो समय मस्कोले रातिको समयमा आक्रमणलाई तीव्र पारेको छ । युक्रेनले रूसको आक्रमणको सामना गर्नका लागि आफ्ना सहयोगीहरूलाई थप हवाई रक्षा प्रणाली उपलब्ध गराउन आग्रह गरेको छ ।

यसै सन्दर्भमा अमेरिकी सिनेटका प्रजातान्त्रिक तथा गणतान्त्रिक नेताहरूले मङ्गलबार वर्षको अन्त्यभन्दा अघि युक्रेनका लागि नयाँ सहायता स्वीकृत गर्न सक्षम नहुने बताएका छन् ।

कीएभले क्रेमलिनलाई चिसो समयमा देशलाई अन्धकार र चिसोमा डुबाई आफ्ना नागरिकहरूलाई आतङ्कित पार्न ऊर्जा सुविधाहरू नष्ट गर्न खोजेको आरोप लगाएको छ ।रासस