२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मानिसले ‘भगवान’ भनेर पुज्दै आएका थिए ढुङ्गा, ७ करोड वर्ष पुरानो डायनोसरको अण्डा रहेछ…



अ+ अ-

एजेन्सी । धेरै पटक जानकारीको अभावमा मानिसहरु यस्ता कामहरु गर्छन्, जसको सत्यताले मानिसहरु अचम्ममा पर्छन् । भारतको मध्य प्रदेशको धार जिल्लाको पडल्या गाउँमा मानिसहरूले वर्षौंदेखि गोल ढुङ्गाको पूजा गर्दै आएका थिए ।

गाउँलेलाई यी कुनै देवताको शिला हो भन्ने लागेको थियो तर अहिले सत्यता सबैको अगाडि आएको छ । उनीहरु स्तब्ध छन् । वास्तवमा, तिनीहरूले जसलाई देवताको रूपमा पुजिरहेका थिए, त्यो डायनोसरको अण्डा थियो । सबैभन्दा अचम्मको कुरा के छ भने यी अण्डा करिब ७ करोड वर्ष पुरानो छ ।

पाडल्या गाउँका मानिसहरूले करिब १७ वर्षअघि खेतीका लागि खन्ने क्रममा यी अण्डाहरू फेला पारेका थिए । त्यसलाई ‘भिलाट बाबा’ मानेर पूजा गर्न थाले । पहिले त्यसमा आकृति बनाए र त्यसपछि पूजा गर्न थाले । गाउँलेका लागि यो भिलाट बाबा काकड भैरव पनि हुन् । काकड भनेको क्षेत्र र भैरवलाई देवता भनिन्छ ।

स्थानीयवासीका अनुसार हरेक धार्मिक अनुष्ठानमा मानिसहरूले यो ढुङ्गालाई पूजा गर्ने गर्छन् । स्थानीयवासी वेष्टा मण्डलोईका अनुसार गाउँलेहरूले यो ढुङ्गाको पूजा मात्र गर्दैनन् वर्षाको समयमा यसको अगाडि बाख्रा पनि चढाउने गरेका छन् । गाउँलेहरूले यी अण्डाहरूलाई पारिवारिक देवताको रूपमा मान्दथे । खेडापुरा क्षेत्रमा पनि यसको पूजा गरिएको थियो ।

यस बाहेक पटेलपुरामा पनि यस्ता अण्डा पाइन्छ । तर केही दिनअघि लखनउस्थित वीरबल साहनी इन्स्टिच्युट अफ पेलियो साइन्सको टोली धार जिल्लामा पुग्दा गाउँलेहरूले पुज्ने गोलाकार ढुङ्गा वास्तवमा करोडौं वर्ष पुरानो डायनोसरका अण्डा भएको पत्ता लागेको थियो । यी अण्डाहरू डायनासोरको टिटानो–सौरन प्रजातिका हुन् र तिनीहरूको व्यास करिब १८ सेन्टिमिटर रहेको बताइएको छ ।

यस क्षेत्रका डीएफओ एएस सोलंकीले सन् २०११ मा डायनोसर पार्क बनाएको बताए । जहाँ वरपरका क्षेत्रबाट प्राप्त यस्ता जीवाश्महरू राखिन्छन् । ‘हामीले ती अण्डाहरूलाई हाम्रो पार्कमा सुरक्षित राखेका छौं ।’ उनले भने । धार जिल्लाको बाग क्षेत्रमा हालसम्म २५६ अण्डा भेटिएको छ । मध्यप्रदेशको नर्मदा उपत्यकामा डायनासोर युगमा पृथ्वीबाट लोप भएका यी जीवहरूको राम्रो संख्या रहेको विश्वास गरिन्छ ।

दशकौं अघि मध्य प्रदेशको भेडाघाटमा डायनोसरको पूर्ण कंकाल भेटिएको थियो । जसलाई हाल मुम्बईस्थित राष्ट्रिय संग्रहालयमा राखिएको छ ।