१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपाली सेनाभित्र जन्ममितिमा विवाद छैन: प्रधानसेनापति शर्मा



अ+ अ-

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनालाई कमजोर बनाउन खोज्ने गिरोहले सेनाभित्रका व्यक्तिहरुको जन्ममितिमा विवाद झिकिदिएका बताउनुभएको छ ।

बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधान सेनापति शर्माले नेपाली सेनाभित्र कसैको पनि उमेरमा विवाद नभएको बताउनुभएको हो । नेपाली सेनाका तत्कालिन उपरथी ताराध्वज पाण्डे र नेपाली सेनाका रथी अशोकराज सिग्देलको जन्ममितिमा विवाद नभएको बताउनुभएको हो । उहाँले आफुहरुले जिल्ला प्रशासन कार्यालय, एसएलसी बोर्ड र त्रिभुवन विश्वविद्यालयसँग पनि बुझेको भन्दै ति सबै कागजपत्र हेर्दा उमेरमा विवाद नदेखिएको स्पष्ट पार्नुभएको हो । उहाँले सेनालाई गिराउन खोज्ने तत्वले अनावश्यक विवाद निकालेका बताउनु भयो । उहाँले कागजात सही हुँदाहुँदै पनि उपरथी पाण्डेले विवादमा परेपछि आफूसँगको सल्लाहमा नै राजीनामा दिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘एउटा तत्व छ नेपाली सेनालाई कमजोर बनाउने, अरुको अगाडी गिराउन खोज्ने यो गिरोहको काम हो । विवाद मात्रै ल्याएर हुँदैन । ति विवाद ल्याउनेलाई कारबाही गर्ने कानुन हुनुपर्‍यो । जे पनि बोल्न पाइने । जे पनि भन्न पाइने । उनीहरुलाई कसैले केही कारबाही नहुने भएपछि त जे पनि भन्दिन्छन् नि । यि पनि जसले यो कुरा ल्यायो, जसले नेपाली सेनालाई बर्बाद गर्नेतिर लाग्यो तिनलाई पनि कारबाही गर्ने कानून हुनुपर्‍यो । नेपाली सेनाले कहिल्यै पनि गलत कामलाई ठिक भन्दैन । पत्याउँदैन ।’

प्रधान सेनापति शर्माले विवाद ल्याउनेहरु गलत भएमा कारबाही गर्ने कानुनी व्यवस्था हुनुपर्ने बताउनु भयो । जसलाई जे मन लागेपनि बोल्न पाइने भएकाले यस्ता विवादहरु निकालिने गरेको उहाँको भनाई छ ।