
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी अक्सन दुबईमा जारी छ ।
वेस्ट इन्डिजका फास्ट बलर अल्जारी जोसेफका लागि लखनऊ सुपरजायन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच बोलीको युद्ध चलेको थियो ।
१ करोडबाट सुरु भएको उनको बोली १० करोडभन्दा माथि पुग्यो । उनलाई रोयल च्यालेन्जर्स बैंगलोरले ११.५० करोडमा टोलीमा भित्र्याउन सफल भयो ।