१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अहिले सरकार र संसद सफलतापूर्वक सञ्चालनमा आउन सकेनन्: नेता केसी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान सरकार र संसद सफलतापूर्वक सञ्चालनमा आउन नसकेको बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले सरकार र संसद दुवै सफलतापूर्वक सञ्चालनमा आउन नसकेकाले महासमितिको बैठकमा यसबारेमा छलफल गर्नुपर्ने बताउनु भयो । उहाँले महासमितिको बैठकमा नेपाली जनतामा देखिएका असन्तुष्टिबारे छलफल हुन आवश्यक रहेको बताउनु भयो । उहाँले भ्रष्टाचारबिरोधी अभियान सशक्त रुपले अघि बढाउने र विधि विहिनताको अन्त्य गर्नुपर्ने कुरा पनि महासमिति बैठकमा उठाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आम रुपबाट नेपाली जनतामा देखिएका असन्तुष्टिले बिस्तारै बिद्रोहको स्वरुप धारण गर्ने जो अवस्था देखिएको छ, त्यसलाई अब आउने महासमिति बैठकमा त्यसलाई सम्बोधन गर्नेगरी उठाउनुपर्छ । खासगरी भ्रष्टाचारबिरोधी अभियान सशक्त रुपले अघि बढाउनुपर्छ । विधि विहिनताको अन्त्य गर्नुपर्छ । सरकारको उपस्थितिलाई कसरी प्रभावकारी बनाउने ? भनेर सोच्नुपर्छ । अहिले सरकार पनि सफल हुन सकेको छैन, संसद पनि सफलतापूर्वक सञ्चालनमा आउन सकेको छैन । पार्टी पनि गतिशिल भएको छैन । यी समग्र चिजलाई विस्तृत समीक्षा र छलफल गर्नुपर्छ ।’

नेता केसीले पार्टी नेतृत्वमा संकिर्ण घेराबाट परिचालित हुने प्रवृत्ति देखिएको बताउनु भयो ।