१९ चैत्र २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

जाजरकोट घुयलनेटाका भूकम्पपीडितमा झाडापखाला



file photo
अ+ अ-

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१ घुयलनेटा गाउँमा झाडापखालाको सङ्क्रमण देखिएको छ । त्रिपालमा बस्दै आएका ५० बढी भूकम्पपीडितलाई झाडापखाला देखिएको हो ।

भूकम्पपछि त्रिपालमा बस्दै आएका पीडितलाई दुईरतीन दिनयता पखालाले सताइरहेको वडा सदस्य नैनबहादुर विकले बताउनुभयो । “गाउँका धेरैलाई पखालाले थला पारेको छ । बालबालिका र वृद्धावृद्ध बढी जोखिममा छन्”, उहाँले भन्नुभयो, “उपचारका लागि खबर गर्दा अहिलेसम्म कोही पनि आएका छैनन् । घर घरमै बिरामी छन् ।”

घुयलनेटाका साथै डौरीकाँडा, भुनलगायत गाउँमा पनि पखालाका बिरामी देखा परेका छन् । एक सय बढी घरधुरी रहेका ती गाउँमा चिसोले गर्दा पखाला, टाउको दुख्ने, बान्ता आउनेलगायतका समस्या देखिन थालेको स्थानीयले बताएका छन् ।

स्थानीय धर्मशिला विकले आफू दुई दिनदेखि पखालाले थला परेको बताउनुभयो । पटकपटक पातलो दिसा लाग्ने, टाउको दुख्ने, वान्ता हुने, मुटु दुख्ने, चक्कर लाग्नुका साथै श्वासप्रश्वासमा पनि समस्या हुन थालेको उहाँको भनाइ थियो ।

“छ वर्षको छोरालाई पनि पखाला लागेको छ । गाउँमा बिरामी नहुने कोही पनि छैनन् । रुघाखोकी त यो चिसोमा सबैका लागि सामान्य नै भइसकेको छ”, विकले भन्नुभयो, “नजिक स्वास्थ्य संस्था पनि छैनन् । निकै गाह्रो भइरहेको छ ।”

गाउँमा धेरै बिरामी भएको खबर सुनेपछि वडा नं १ को पिपेमा रहेको स्वास्थ्य केन्द्र र नगर स्वास्थ्य शाखामा खबर गरे पनि उपचारका लागि गाउँमा कोही नआएको वडा सदस्य नैनबहादुरले बताउनुभयो ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा प्रतिक्षा भारतीले दिउँसो २ बजेपछि घुयलनेटा गाउँमा झाडापखाला तथा वान्ताले धेरैलाई बिरामी पारेको खबर आएको बताउनुभयो । “अलि विकट ठाउँ भएको र अबेला खबर पाएकाले बुधबार जान सकिएन”, उहाँले भन्नुभयो ।

आज औषधि र स्वास्थ्यकर्मीसहितको टोली लिएर प्रभावित क्षेत्रतर्फ जाने भारतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिरामी भएको सुनेको छौँ । चिसो र खानपान नमिल्दा ‘कोल्ड डायरिया’९चिसोका कारण हुने झाडापखाला० को समस्या भएको हुन सक्छ । त्यहाँ पुगेपछि मात्र कति बिरामी रहेछन् र के भएको रहेछ जानकारी हुन्छ ।”

जिल्लाका विभिन्न ठाउँमा पखाला, निमोनिया र स्वासप्रश्वाससम्बन्धी रोगका बिरामी बढ्दै गएका छन् । रासस