२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

शेखर—गगन समूहमा कुनै फाटो आएको छैनः अर्जुननरसिंह केसी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले शेखर—गगन समूहमा कुनै फाटो नआएको दाबी गर्नुभएको छ ।

बुधवार काठमाडौंमा बसेको काँग्रेस नेता डा. शेखर कोईराला गुटको बैठकपछि बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफूहरु लोकतन्त्रवादी भएकाले वाद, प्रतिवाद र संवादको प्रक्रिया भइरहने बताउनु भयो । उहाँले महासमिति बैठक तोकिएकै समयमा हुनुपर्ने बताउनु भयो । उहाँले नेपाल भ्रष्टाचारको काण्डले सिंगारिएको भन्दै काँग्रेसले भ्रष्टाचारबिरोधी अभियान महासमितिबाट पारित गरेर जनतामा जानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गुट भित्र कुनै फाटो आएको छैन, हामी लोकतन्त्रवादी हौँ । लोकतन्त्रवादी भनेकै वाद, प्रतिवाद र संवादको प्रक्रिया हो । विचारहरु आउँछन्, विचारमा विमति हुन्छ, कहिलेकहीँ व्यक्तित्व घर्षण र असन्तुलन पनि देखिन्छ । तर त्यसलाई छलफल र सहमतिद्वारा नै टुंग्याउनुपर्छ । त्यो प्रयत्नमा हिजो पनि र आज पनि म निरन्तर रुपमा लागेको छु । हामीले कति पटक महासमिति बैठक सार्ने, त्यसैले तोकेकै मितिमा अधिवेशन हुनुपर्छ । नेपाल भ्रष्टाचारको काण्डै काण्डले सिंगारिएको छ । काँग्रेसले भ्रष्टाचारबिरोधी अभियान महासमितिबाट पारित गरेर जनता जानुपर्छ ।’

नेता केसीले अहिलेसम्मका भ्रष्टाचारका प्रकरणहरुको छानबिन गरी अन्तिम फैसला गर्नुपर्ने बताउनु भयो ।