१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

झा दम्पती हत्या प्रकरण: बाकसभित्र दाउरामा मट्टितेल हालेर शव जलाइयो



अ+ अ-

काठमाडौं । मुसाफिर दम्पतीको शव बिहीबार बोराभित्र हालेर खाल्डोमा गाडेको अवस्थामा फेला परेको थियो । शव भेटाउन प्रहरीलाई महिना दिन लागेको थियो । गत फागुन १० गते रातिको खाना खाएर मुसाफिर झा र उनी श्रीमती गीता देवी अलग–अलगत कोठामा आराम गर्दै थिए । उनका बुहारी अंशु र उषा पनि छोराछोरी लिएर आफ्नो कोठामा गइन् । त्यहीबेला अपराधी गिरोहले ओछ्यानमै वृद्ध झा दम्पतीको धारिलो हतियारले हत्या गरे ।

ओछ्यानसहित झा दम्पतीको शव बाकसमा लुकाएर बेपत्ता पारे । टिनको बाकसभित्र दाउरामा मट्टितेल हालेर जलाए । तर, शव जलेन । त्यसपछि बोरामा हालेर गाउँ नजिकै खाल्टो खेर शब पुरियो ।शव कुहाउन नुन हाले । मुसाफिर दम्पतीको घटना लुकाउन अपराधीले महिना दिनसम्म प्रयास गरे । तर, उनीहरुको पोल प्रहरी खोल्न सफल भएको छ ।

कैलाशको घर पछाडि मृतक झा दम्पतीको घरबाट हराएको कपडा, बेड आधा जलेको अवस्थामा फेला परेको छ । हत्या गरेर केही समय टिनको बाकसमा शव राखेर लुकाइएको थियो । पछि शवलाई शवलाई जलाउन खोजेको देखिन्छ । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।