१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

डढेलो र फोहोरले वायुमण्डलमा पकड जमाउँदा वायु प्रदूषण झन् कडा बन्दै



अ+ अ-

काठमाडौं । डढेलो र अन्य फोहोर हावाले वायुमण्डलमा पकड जमाउँदा वायु प्रदूषण झन् कडा बन्दै गएको छ । केही दिनअघिसम्म बिहानको समयमा केहीबेर खुला आकाशमा चहकिलो घाम देखिन्थ्यो । तर केही दिन यता बिहानदेखि साँझसम्मै आकाश धुम्म बनेर सूर्यको किरण धर्तीमा आउन सकेको छैन ।

वायु प्रदूषण उच्च रहेकाले काठमाडौँ लगायत देशका मुख्य सहरको आकाश खुलेको छैन । वायु प्रदूषणको असर हिमाली जिल्लामा समेत पुगेको छ । जुम्ला, रारा क्षेत्रसम्म वायु प्रदूषणले असरले आकाश ढाक्न पुगेको छ । यो अवस्थामा दुई तीन दिनमा सुधार आउने अपेक्षा गरिए पनि अझै लम्बिन सक्ने वातावरण विभागले जनाएको छ । विभागको प्रदूषण सूचकले काठमाडौँ लगायतका सहरमा वायु प्रदूषण कडा बन्दै गएको देखाएको छ ।

काठमाडौँ, सौराहा, पोखरा, कीर्तिपुर, सिमरा, झापालगायतका सहरको वायु प्रदूषणको सूचक हरेक घण्टा २५० हाराहारी पुग्ने गरको छ । यो मानव स्वास्थ्यका लागि अति हानिकारक वायुको अवस्था हो । यीबाहेक जुम्ला, रारा, धनकुटा लगायतका क्षेत्रमा विगत २४ घण्टामा उच्च स्तरमा प्रदूषणको सूचक बढेको थियो ।

विभागले आइतबार औपचारिक रूपमा प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न भाग जस्तै काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर उच्च रहेको जनाएको छ । वायु प्रदूषणको स्तर घटी वा बढी हुन मौसमले असर गर्ने जनाउँदै विभागले हालको जस्तै अवस्था रहेको खण्डमा वायु प्रदूषण यत्तिकै वा योभन्दा पनि खराब हुन सक्ने जनाएको छ । विभागका प्रवक्ता तथा उपमहानिर्देशक यन्दुविक्रम जोशीले लगातार बढेको प्रदूषणबाट जोगिन अपिल गरे ।

उनका अनुसार वायु प्रदूषणले जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने उच्च सम्भावना छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम, खोकी जस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका रोगीलाई सकेसम्म घरबाहिर ननिस्कन भनिएको छ । साथै अन्य आम नागरिकले पनि काम परेको खण्डमा बाहेक घरबाहिर हिँड्डुल नगर्न, निस्कन र परेको खण्डमा सावधानी अपनाउन अनुरोध गरिएको छ ।

अहिले चारैतिर डढेलो सङ्कट बढेकाले यस्तो बेलामा सहरका स्थानीयले फोहोर बाल्ने, खुला रूपमा आगो बाल्ने जस्ता काम नगरिदिन विभागले आग्रह गरेको छ । त्यस्तै प्रदूषणलाई बढावा दिने खालका धुवाँयुक्त सवारी साधन नचलाएर विद्युतीय सवारी साधन मात्र चलाउन विभागले अपिल गरेको छ । मौसम पूर्वानुमान महाशाखाले प्रदूषणको दर बढ्दो रहेकाले भिजिबिलिटीको स्तर घटेको जनाएको छ । वर्षा र हावाको उच्च चाप वायुमण्डलमा नआएसम्म प्रदूषणको स्तरमा कमी आउन नसक्ने महाशाखाले जनाएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।