
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल)२०२४ को मिनी अक्सनमा नेपाली खेलाडी नदेखिने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई)ले सोमबार जारी गरेको खेलाडीको अक्सन सूचीमा कुनैपनि नेपाली खेलाडी परेका छैनन् ।
यस पटकको अक्सनमा एसोसिएट देशबाट केवल २ खेलाडी मात्र परेका छन् । अक्सनमा नेदरल्यान्ड्सका भान मर्केन र डेविड विजा मात्रै अटाएका छन् ।
युएईको दुबईमा डिसेम्बर १९ मा हुने आइपिएल अक्सनमा कुल ३३३ खेलाडीलाई समावेश गरिएको छ । जसमा २१४ भारतीय खेलाडी छन् भने ११९ खेलाडी विदेशी रहेका छन् । यस अक्सनबाट कुल ७७ खेलाडी बिक्रि हुने छन् जसमा ३० विदेशी खेलाडीको कोटा रहेको छ ।
यसअघि २०१८ को अक्सनबाट नेपालका स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले २० लाखमा किनेको थियो । सन्दीप आइपिएल खेल्ने अहिलेसम्मका पहिलो नेपाली खेलाडी हुन् ।
सूची यसप्रकार रहेको छः