१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपालमा सुनका गरगहनाको व्यापक मात्रामा आयात



अ+ अ-

काठमाडौं । नेपालमा काँचो सुनसँगसँगै सुनका गरगहनाको समेत व्यापक मात्रामा आयात हुने गरेको देखिएको छ । पूर्वाधार र जनशक्तिको आधारमा नेपाली सुनचाँदी बजार विश्व बजारमा प्रचलित डिजाइनका गरगहना बनाउन सक्छ । तर, पछिल्लो समय सुनका गरगहनाको आयात भने बढ्दै गएको पाइएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आवको फागुनसम्ममा नेपालमा सुनका गरगहनाको आयात ३४ प्रतिशतले बढेको छ । चालू आवको फागुनसम्म ६ करोड ७३ लाख ६७ हजार रुपैयाँका सुनका गरगहना आयात भएको छ । परिमाणका आधारमा चालू आवको यस अवधिमा साढे १७ केजी बराबरको सुनका गरगहना आयात भएको छ । गत आवको सोही अवधिमा भने ५ करोड ६० लाख रुपैयाँ बराबरको १३ केजी सुनका गरगहना आयात भएको थियो । परिमाणका आधारमा चालू आवमा सुनका गरगहनाको आयात ३४ प्रतिशतले बढेको देखिन्छ ।

नेपालमा बहराइन, कोरिया, हङकङ, मलेशिया, पाकिस्तान, पोर्चुगल, कतार, ओमन, नर्वे, साउदी अरब, सिंगापुर, थाइल्यान्ड, टर्की, यूएई, लन्डन, आइसल्यान्डबाट सुनका गरगहना आयात भएको विभागको तथ्यांक छ ।

पछिल्लो समय नेपालमा विदेशी डिजाइनका गरगहनाको माग बढ्दो क्रममा रहेको छ । नेपाली ग्राहकले विदेशी फिल्मी डिजाइनका गरगहना लगाउन खोजेका छन् । फलस्वरूप पछिल्लो समय सुनका गरगहनाको आयात बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।