१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सुदूरपश्चिम सरकार ढाल्ने कसरतमा ओली समूह



अ+ अ-

काठमाडौं । नेकपा एमाले ओली समुहले सुदूरपश्चिम प्रदेश सरकार बदल्ने कसरत थालेको छ । नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट यस प्रदेशका मुख्यमन्त्री छन् ।

एमाले माओवादी केन्द्र र नेपाल समूहको सुविधाजनक बहुमत रहेको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ताका लागि एमाले संसदीय दलको बैठक बोलाउने तयारीमा जुटेको छ । सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाउने भनिएको थियो । तर, होलीका कारण धेरै सांसद उपस्थित हुन नसक्ने भएकाले बैठक स्थगित गरिएको प्रदेशसभा सदस्य रतन थापाले बताए ।

अब बस्ने संसदीय दलको बैठकमा संसदीय दलको नेता बदल्ने तयारी रहेको उनले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ताको निर्णय पनि अब बस्ने बैठकले नै गर्नेछ । अहिले संसदीय दलका नेतामा प्रकाशबहादुर शाह छन् । उनलाई हटाएर पठानसिंह बोहरालाई बनाउने तयारी भइरहेको उनले बताए । नागरिक दैनिकमा समाचार छ ।