२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पृथ्वीमा थोरै आयु भएका जीवहरु, कोही त २४ घण्टाका मात्र पाहुना



अ+ अ-

एजेन्सी । पृथ्वीमा धेरै जनावरहरू छन्, जसमध्ये धेरै हामीले सुनेका वा देखेका छैनौं ।

हरेक जीवित प्राणीको आयु पनि फरक–फरक हुन्छ, कोही १ दिन र कोही १ हप्तासम्म बाँच्छन् भने कुनै जीव कहिले पनि मर्ने हो थाहा हुँदैन । साथै, धेरै जीवित प्राणी पनि छन् जो धेरै लामो समयसम्म बाँच्छन् ।

यसैबीच यहाँ यस्ता जीववारे चर्चा गरौं, जो थोरै समयको लागि पृथ्वीमा बाँच्छन् ।

लामखुट्टे
लामखुट्टेले मानिसलाई धेरै रिस उठाउँछ, उसले टोकेर सुत्न दिँदैन । यो धेरै छोटो समय बाँच्ने प्राणी हो । केही लामखुट्टे यस्ता छन् जो १ दिनमा मर्छन् भने केही २ दिन वा सोभन्दा बढीमा मर्छन् । धेरैजसो लामखुट्टेको आयु १ हप्ताभन्दा बढी हुँदैन ।

झिंगा
हामी झिंगा यता उता उडिरहेको मात्र देख्छौ, के तपाईलाई थाहा छ यिनिहरुको आयु कति हुन्छ ? तपाईलाई भनौं कि उनीहरुको आयु मात्र ४ हप्ताको हुन्छ, उनीहरु त्यो भन्दा बढी बाँच्दैनन् ।

मुसा
मुसा या त मानिसको वरिपरि वा यताउता घुमिरहेका देखिन्छन् ।जसले मानिसहरूलाई धेरै समस्यामा पार्छन्, तिनीहरूको आयु एकदमै कम हुन्छ । उनीहरू बढीमा १ वर्ष वा सोभन्दा कम बाँच्न सक्छन् ।

खरायो
खरायो धेरै प्यारो हुन्छ र मानिसहरु यसलाई धेरै मन पराउँछन । मानिसहरु यसलाई पाल्न पनि मन पराउँछन् तर के तपाईलाई थाहा छ यो कति लामो बाँच्न सक्छ ? खरायोको उमेर ८ देखि १२ वर्ष मात्र हुन्छ ।

गिनी पिग्स
गिनी पिगहरू हेर्दा धेरै प्यारा हुन्छन्, यो जनावर दक्षिण अमेरिकामा मात्र पाइन्छ । यसको आयु ४ देखि ८ वर्ष मात्र हुन्छ, यो धेरै कम वर्ष बाँच्न सक्छ ।