
काठमाडौं । एनसेलको शेयर खरिदविक्रीका विषयमा छलफल गर्न आज पनि सत्तारुढ दलका नेताहरू बालुवाटारमा भेला भएका छन् ।
मलेसियाको आजियटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति र जानकारीविनै एनसेलको ८० प्रतिशत शेयर बेचेर नेपाल छाड्ने घोषणा गरेपछिको परिस्थितीका बारेमा छलफल गर्न गठबन्धनका नेताहरू बालुवाटारमा भेला भएका हुन् ।
एनसेलको शेयरबारे सार्वजनिक लेखा समिति र अर्थ समितिले आज छलफल गरिरहको छन् । सरकारले एनसेलको शेयर खरिद बिक्रीलाई लिएर सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाउने निर्णय गरेको थियो ।