१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आँशु किन बग्छ, तपाईलाई थाहा छ ? जान्नुहोस्



अ+ अ-

एजेन्सी । मानिसको आँखा प्राय रसाइरहन्छ । मानिसको मात्र होइन पशुपंक्षीको पनि आँखामा आँसु देखिन्छ ।

कुनै बेला चित्त दुखेका बेला आउँने आँसु खुसी भएका बेला पनि आउँछ । कस्तो अवस्थामा आउँछ भन्ने बारे तपाईले थाहा पाउनुपर्छ ।

आँखामा आइलिड हुन्छ, जहाँ आँसु उत्पादन गर्ने ग्रन्थि हुन्छ। आँखाछेउको तल–माथि दुवैतिर प्वाल हुन्छ। ग्रन्थिले आँसु उत्पादन गर्छ र प्वालबाट आपूर्ति हुन्छ। आँखाको सेतो भागमा पनि यसरी नै पानी सप्लाई हुन्छ।

यसका साथै नाकलगायत शरीरका अन्य भागमा पनि प्वालका माध्यमबाट पानी सप्लाई हुने गर्छ। त्यस्ता प्वाल वा पानी सप्लाई गर्ने नली साँघुरो भएको वा टालिएको अवस्थामा आँखाबाट पानी वा आँसु बग्ने गर्छ।

आँसुमा हुने पदार्थ जस्तै–नुन, तेलको ब्यालेन्स नमिल्दा पनि आँखाबाट अनावश्यक पानी बग्ने गर्छ। जसका कारण हाम्रो आँखा सुक्खा हुने समस्या पनि हुन्छ।

विशेषगरी, जाडो मौसममा चल्ने हावाले आँखाको तरल पदार्थलाई बाफ बनाएर उडाउँछ र आँखाबाट आँसु आउने गर्छ। यसो हुँदा पनि आँखा सुक्खा हुँदै जान्छ।