
काठमाडौं ।नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छेन सङबीच भेटवार्ता भएको छ ।
नेकपा एकीकृत समाजवादीका विदेश विभाग प्रमुखसमेत रहनु भएका खनाललाई भेट्न चिनियाँ राजदूत शनिबार उहाँको निवास डल्लु पुग्नु भएको थियो ।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार उहाँहरुबीचमा आपसी हित एवं समसामयीक चासोको विषयमा कुराकानी भएको थियो ।