१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राप्रपा नेपालको केन्द्रिय समिती बैठक मंसिर २४ र २५ काठमाडौंमा बस्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय समिति बैठक आगामी मंसिर २४ र २५ गते काठमाडौंमा बस्ने भएको छ।

बैठकमा अध्यक्ष कमल थापाले मुकुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको बैचारिक ,सांगठानिक र रणनीतिक कार्यदिशा बारेमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने तय भएको छ ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकमा राजसंस्था र हिन्दुराष्ट्र पक्षधर तथा संघीयता खारेजी चाहने बीच मोर्चा निर्माण गरि जनआन्दोलनमा जाने कार्ययोजना समेत प्रस्तुत गरिने छ । यसै गरि बैठकमा सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालयको प्रतिबेदन , संगठन बिभाग प्रमुख राजाराम बर्तौलाले संगठन सम्बन्धि प्रतिबेदन ,कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले आर्थिक प्रतिबेदन समेत प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

यो प्रत्येक तीन/तीन महिनामा बस्ने नियमित बैठक भएको समेत महामन्त्री बर्तौलाले जानकारी दिए । २५ गते दिउँसो उपत्यका स्तरी बृहत् कार्यकर्ता भेला गरि बैठक समापन हुने पार्टीले जनाएको छ ।