२० चैत्र २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कांग्रेस आगामी चुनाव एक्लै लड्नुपर्छ: गगन थापा



अ+ अ-

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसभित्र इमानदार एवं कर्तव्यनिष्ठ व्यक्तिहरू धेरै रहे पनि त्यो पूँजी प्रयोग गरेर निर्वाचनमा जान नसकिएको बताउनुभएको छ ।

उहाँले पार्टीभित्र गाउँ, सहर जहाँ सबैतिर इमानदार कार्यकर्ता रहेपनि त्यसलाई पार्टीले पूँजीका रुपमा प्रयोग गर्न नसकेको गुनासो गर्नुभयो । महामन्त्री थापाले पार्टीले आगामी चुनाव हारे पनि एक्लै लड्नुपर्ने बताउनुभयो ।

बुटवलमा आयोजित नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलनमा महामन्त्री थापाले निर्वाचनमा समानुपातिक पद्धतिमा आफन्त र आफू निकट राख्दा इमानदार नेता पछाडि परेको बताउनुभयो ।

उहाँले नेपालको अर्थतन्त्र पछिल्लो पटक सुधार भएको उल्लेख गर्दे अब निराशभन्दा आशावादी हुँदै गएको बताउनुभयो । उहाँले प्रदेश संरचना खर्चिएको भएकाले त्यसलाई कम खर्चमा राम्रो सेवा दिने गरी प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।