२३ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कर्जाको ब्याजदर १ प्रतिशत घट्यो, अझै घट्छ: बैंकर्स संघका अध्यक्ष केसी



अ+ अ-

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो एक वर्षमा कर्जाको ब्याजदर १ प्रतिशत घटेको बताउनु भएको छ ।

शुक्रवार नेपाल आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो । उहाँले अहिले बैंकको आधारदर (बेसरेट) एकल अंकमा आएको भन्दै बैंकको ब्याजदर अझै घट्दै जाने दाबी गर्नुभयो । उहाँले आगामी दिनमा नेपालको आर्थिक क्षेत्रको विकास र चलायमान बनाउनको लागि सहयोग पुग्ने अपेक्षा रहेको उल्लेख गर्नुभयो ।

उहाँले अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक रुपमा अगाडि बढेको भन्दै नेपालको बैंकिङ क्षेत्रमा लगानी योग्य रकम प्रशस्त रहेको बताउनु भयो । उहाँले बैंकहरुमा पछिल्लो समय खराब कर्जा लगायतका चुनौतिहरु रहेको बताउनु भयो । उहाँले गत वर्षको तुलनामा बैंकहरुको नाफा २८ प्रतिशतले घटेको बताउनु भयो । उहाँले दक्षिण एशियाका अन्य देशहरु भन्दा राम्रो गरिरहेको अवस्था भएपनि सजग हुनुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । पछिल्लो समय सडकबाट हुने आक्रमणले पनि बैंकिङ क्षेत्रको मनोबल कमजोर बन्दै गइरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘पछिल्लो समय उच्च भनिएको बैंकको ब्याजदर अहिले आएर घट्ने क्रममा छ । अघिल्लो वर्षदेखि अहिलेसम्म कर्जामा लिने ब्याज १ प्रतिशत भन्दा बढीले घटिरहेको अवस्था छ । बैंकको वेसरेट पनि घटेर एकल अंकमा आइसकेको छ । बैंकको ब्याजदर घट्ने क्रम जारी छ । यसले आगामी दिनमा नेपालको आर्थिक क्षेत्रको विकास र चलायमान बनाउनको लागि सहयोग पुग्ने अपेक्षा हामीले लिएका छौं । अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक रुपमा अगाडि बढेको छ ।’

‘आगामी दिनमा आर्थिक क्षेत्रको विकासको लागि आवश्यक हुने कर्जाको लागि नेपालको बैंकिङ क्षेत्र तरलता अभाव छैन । बैंकिङ क्षेत्र सक्षम अवस्थामा छ । बैंकहरुमा पछिल्लो समय चुनौतिहरु पनि छन् । जसमा गत वर्षको तुलनामा बैंकहरुको नाफा २८ प्रतिशतले घट्न गएको छ । १० वर्षअघि २० प्रतिशत बढीरहेको रिटर्न अन इकुटी घटेर अहिले ८ प्रतिशतको लेभलमा आइरहेको छ । बैंकहरुको खराब कर्जाको समस्या पनि देखिएको छ । तर पनि दक्षिण एशियाका अन्य देशहरु भन्दा राम्रो गरिरहेको अवस्था भए पनि सजक हुनुपर्ने अवस्था छ । पछिल्लो समय बैंकहरुलाई सडकबाट हुने आक्रमणले पनि बैंकिङ क्षेत्रको मनोवल पनि कमजोर बन्दै गइरहेको छ ।’

उहाँले बैंकहरुले ऊर्जामा ३ सय अर्ब लगानी गरेको बताउनु भयो । उहाँले देशको विकासका लागि वैदेशिक लगानी आवश्यक रहेको पनि बताउनु भयो ।