
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसिरहेको छ ।
देउवा निवास धुम्बाराहीमा केहीबेरअघि सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषय छलफल भइरहेको बताइएको छ ।
साथै, महासमिति बैठकको तयारी, बैठकअघि विभागका संयोजक र सदस्यलाई पूर्णता दिनेलगायतका विषयमा पनि छलफल भइरहेको बुझिएको छ ।