२७ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

टी–२० सिरिजः अष्ट्रेलियाविरुद्धको खेलमा भारतलाई पाकिस्तानको विश्व कीर्तिमान तोड्ने मौका



अ+ अ-

एजेन्सी । भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टी–२० सिरिजको तेस्रो खेल आज गुवाहाटीमा हुँदैछ । यो खेल जितेमा भारतीय टोलीले सिरिज मात्र जित्ने छैन, विश्व कीर्तिमान पनि बनाउनेछ ।

भारतीय टोलीले पाकिस्तानलाई पछि पार्दै सबैभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेल जित्ने टोली बन्नेछ । भारतले अहिलेसम्म २११ टी–२० अन्तर्राष्ट्रिय खेलमध्ये १३५ जितेको छ । यस्तै, ६६ खेल हार्दा ४ खेल भने बराबरीमा परेका छन् । ६ खेल अनिर्णित रह्यो ।

जहाँ पाकिस्तानले २२६ टी–२० अन्तर्राष्ट्रिय खेलमध्ये १३५ जितेको छ । उसले ८२ हार बेहोरेको छ भने ३ खेल बराबरीमा परेका छन् । पाकिस्तानका ६ खेल भने अनिर्णित भएका छन् । अर्थात् अर्को जितसँगै भारतीय टोलीले पाकिस्तानलाई उछिन्नेछ ।

घरेलु मैदानमा भारतले सबैभन्दा धेरै जित हात पारेको छ । टी–२० को समग्रतामा भारत पाकिस्तानको बराबरीमा भए पनि घरेलु खेलहरूमा भारतीय टोली पहिले नै शीर्ष स्थानमा छ । भारतले आफ्नो घरेलु मैदानमा ५२ खेल जितेको छ । विश्वको कुनै पनि टोलीले घरेलु मैदानमा यति धेरै खेल जित्न सकेको छैन ।

प्रतिद्वन्द्वी टोलीको घरेलु मैदानमा सबैभन्दा धेरै टी–२० खेल जित्ने हिसाबले पाकिस्तान भारतभन्दा थोरै अन्तरले अगाडि छ । पाकिस्तानले हालसम्म प्रतिद्वन्द्वी टोलीको घरमा ८४ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमध्ये ४७ मा जित र ३२ मा हार बेहोरेको छ । भारतीय टोलीले प्रतिद्वन्द्वी टोलीको घरेलु मैदानमा ७४ खेल खेलेको छ । जसमा भारतले ४५ जित र २५ हार बेहोरेको छ ।