
जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले बोलेको कुरा पुरा गर्ने बताएका छन् ।
सोमबार कमला नदीमा लागेको कार्तिक पूर्णिमा मेलाको आरतीमा सहभागी हुँदै सभापति लामिछानेले मधेशलाई हृदयभित्र राखेर काम गर्ने बताए ।
‘राजनीतिमार्फत जति गर्न सक्छु, दिल खोलेर गर्छु । मन खोलेर गर्छु । मधेशलाई हृदयभित्र राखेर काम गर्नेछु । र, परिणाम देखाउनेछु ।’, कमलामाईको कसम खाँदै उनले भने, ‘म कुनै अपेक्षा राखेर बोलेको छैन । मलाई थाहा छ कमलामाई साक्षी राखेर भनेको छु । आफूले बोलेको कुरा पुरा गर्नेछु । जति बोल्ने त्यति गर्ने र जति गर्ने त्यति बोल्ने स्वभावको मान्छे म हुँ ।’