१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

म्यान्चेस्टर युनाइटेडले एभर्टनलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा युनाइटेडले एभर्टनलाई उसकै मैदानमा ३–० गोलले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमा नै अलेजान्ड्रो गर्नाचोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

उनले बाइसाइकल किकमा सुन्दर गोल गरे । यस्तै, खेलको ५६ औं मिनेटमा माकुर्स रासफोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २–० ले अघि बढाए । यस्तै, ७५ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई ३–० को जित दिलाए ।

यो नतिजासँगै युनाइटेड १३ खेलबाट २४ अंकका साथ तालिकाको छैटौं स्थानमा उक्लिएको छ । एभर्टन भने ४ अंकका साथ १९ औं स्थानमा छ ।