२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

१ हजार ४२ वर्ष पुगेर गिनिज वल्र्ड रेकर्ड



अ+ अ-

ओन्टारियो । बाह्र जना दिदीबहिनी र दाजुभाईको कूल उमेर १ हजार ४२ वर्ष पुगेको एक परिवारले गिनिज वल्र्ड रेकर्ड राख्न सफल भएको छ । गिनिजका अनुसार डि क्रुज परिवारका तिनीहरुको उमेर ७५ देखि ९७ सम्म रहेका छन् । १५ डिसेम्वरका दिन जिवित १२ जना भाई बहिनीको सम्पूर्ण उमेर जोड्दा विश्व किर्तिमान नै राखेको कारण गिनिजले प्रमाण पत्र प्रदान गरेको छ ।

त्यतिवेला सम्म तिनीहरुको कूल उमेर १ हजार ४२ वर्ष र ३ सय १५ दिन पुगेको थियो । ओन्टारियोको लन्डन निवासी ७५ वर्षिया जेनिया कार्टर सबैभन्दा कम उमेरकी हुन् उनले आफुभन्दा जेठा सबैका स्वास्थ स्थिती ठीकठाक रहेको बताएकी छन् । कार्टरले दि लन्डन फ्रि प्रेसलाई बताएकी छन् , ‘ यो किर्तिमान वास्तविक जस्तो देखिँदैन ।

किनभने म सँधैं सबैभन्दा होचो वा सबैभन्दा अग्लो जस्त कुराको मात्र गिनिज रेकर्ड हुन्छ होला भन्ने सोच्ने गर्दथें । त रयस्तो पनि हुने रहेछ । भगवानको कृपाले मेरो सबै भाइबहिनी जिवित छन् । ’

कार्टर लगायत सबैको जन्म पाकिस्तानमा भएको थियो । क्यानाडामा जाने पहिलो तिनीहरुका सबैभन जेठा दाई थिए । उनले त्यहाँ राम्रो कमाइ गर्न थालेपछि परिवारका बाँकी सबै सदस्यलाई त्यहाँ बोलाएका थिए । तर ति मध्ये एक जना क्यालिफोर्निया र अर्को स्विजरल्यान्डमा बस्ने गरेका छन् ।

कार्टर बताउँछिन् , ‘ हामी बिच आजसम्म कहिल्यै मनमुटाव र झैझगडा भएको छैन । हरेक दिन बिहान एघार बजे हामीहरु सबै भिडियो कन्फ्रेन्समा भेट्ने गरोका छौं ।’ (एजेन्सी)