काठमाडौँ । रियालिटी शो स्ट्यान्ड–अप कमेडीका ‘कमेडी च्याम्पियन’ हिमेश पन्त हाल आफूसँग सरोकार नै नभएको लफडामा परेका छन् ।
गत प्रतिनिधिसभा निर्वाचनमा धादिङबाट उम्मेदवारी समेत दिएका हिमेशले बिना गल्ती गाली खाईरहेका छन् । सामाजिक सञ्जलामा ‘हिमेश’ नाम गरेको व्यक्तिसँग सम्बन्धित भिडियो भाइरल बनेपछि आफूलाई कतिपयले गाली गलौज गरेको उनको भनाई छ ।
उनले बुधबार सामाजिक संजालमा लेखेका छन्, ‘हिमेश नाम गरेको एक पत्रकारले श्रीमती कुटेको भन्ने भिडियो क्लिप बाहिरिएको रहेछ । हिजोदेखि मेरो इनबक्समा गालीका म्यासेजहरु आइरहेका छन् ।’
आफू कुनैपनि घरेलु हिंसालाई समर्थन नगर्ने बताउदै उनले थपेका छन्, ‘म स्पष्ट पार्न चाहन्छु कि, पहिलो कुरा त मेरो बिहे नै भएको छैन। दोस्रो कुरा म कुनैपनि घरेलु हिंसालाई समर्थन गर्दिन। धन्यवाद।’
आफूसँग सम्बन्धित नभएको भिडियोलाई लिएर कतिपयले गाली गरेको कमेडियन हिमेशको भनाइ छ ।
https://www.facebook.com/himeshpanta555/posts/856851769411937?ref=embed_post
सार्वजनिक भिडियोमा पत्रकार हिमेश न्यौपानेकी श्रीमतीले आफूलाई श्रीमानले हिंसा गरेको भन्दै फेसबुक लाईभमार्फत रुँदै हारगुहार गरेकी थिईन् । उक्त भिडियोमा उनले श्रीमान हिमेशले आफूमाथि चर्को हिंसा भएको बताउदै सहायताका लागि हारगुहार गरेकी छन् । श्रीमानले रक्सि खाएर मुख छाड्दै कुटपिट गरेको बताउदै उनले आफू अब यो मान्छेसँग बस्न नसक्ने बताएकी थिईन् ।