२१ माघ २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

फाइनल अघि कमिन्सले भने – भारत धेरै राम्रो टोली हो, तर हामी पनि राम्रो खेलिरहेका छौं



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ को फाइनल खेलको एक दिन अगाडि शनिबार अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले भारतका फास्ट बलर मोहम्मद शामीको तारिफ गरेका थिए । उनले शामीलाई आफ्नो टोलीका लागि सबैभन्दा ठूलो खतरा भनेका छन् ।

पत्रकार सम्मेलनमा कमिन्सले भने, ‘शामी निकै राम्रो खेलिरहेका छन् । उनको बलिङ राम्रो छ ।’

उनले यो पनि भने कि प्रतियोगितामा भारतको प्रदर्शन धेरै राम्रो छ । भारत धेरै राम्रो टोली भएको बताउँदै अष्ट्रेलियाले पनि राम्रो खेलिरहेको बताए ।’

उनले भने –
अहमदाबादको भीडले एकतर्फी रूपमा भारतलाई समर्थन गर्नेछ । अहमदाबादमा भारतीय टोलीलाई ठूलो समर्थन मिलेको छ र यो विश्वकपमा पाकिस्तानविरुद्धको खेलमा देखिएको थियो, तर खेलमा १–३ लाख दर्शकलाई चुप गराउनु सन्तोषजनक हुनेछ ।

हामीले राम्रो सुरुवात गर्न सकेनौं, तर एक टिमको रूपमा हामीले राम्रो प्रदर्शन गरिरहेका छौं । हो, हामी पहिलो दुई खेल हारेर १९९९ मा च्याम्पियन बन्यौं, तर त्यो अहिले पुरानो भइसकेको छ । हाम्रो ध्यान भोलि हुने फाइनलमा छ ।