
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दोस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्नुहुने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गर्नुभएको सो सम्मेलनलाई उहाँले ‘भर्चुअल’ रूपमा सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सो सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ ।
उक्त सम्मेलनको मुख्य विषय ‘विश्वव्यापी दक्षिण : भविष्यका लागि सहकार्य’ रहेको छ ।