२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भेरी नगरपालिकामा भूकम्पले भत्किएको संरचनाहरु हटाउदै सफाई अभियान सुरु



अ+ अ-

काठमाडौ । भेरी नगरपालिकाले जाजरकोट भूकम्पले क्षतिग्रस्त बनेका घरहरुको सफाई सुरु गरेको छ ।

नगर प्रमुख चन्द्र प्रकाश घर्तीका अनुसार भुकम्पले क्षतिग्रस्त भेरी नगरपालिका-३, माथिल्लो थाप्लेका सम्पूर्ण घरहरुका सफाई अभियान सुरु गरिएको छ ।

घर्तीका अनुसार एमालेको भातृ संगठन जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको नेतृत्वमा करिब ५० जनाको सीपयुक्त जनशक्तिको सहयोगमा सफाई अभियान सुरु गरिएको हो।

शुक्रबार बिहान ७ बजे बाट सुरु भएका सफाई अभियान केही दिन जारी रहने छ ।

गत कार्तिक १७ गते राती ११ ४७ मा जाजरकोट बारेकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी सो नगरपालीकाका ४५ जनाको मृत्यु हुनुका साथै ठूलो मात्राको भौतक संरचनामा क्षति पुगेको थियो ।